close

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय आज

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय आज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ ।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२ : ४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । 

यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३/२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।