close

साफ महिला : भुटानको ऐतिहासिक जित‚ श्रीलंका ५-० ले पराजित

साफ महिला : भुटानको ऐतिहासिक जित‚ श्रीलंका ५-० ले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा भुटानले पहिलो पटक जित निकालेको छ । 

शुक्रबार दशरथ रंगशालामा भएको समूहको आफ्नो दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५-० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । ऐतिहासिक जितसहित भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सन् २०१० मा शुरु भएको महिला साफ च्याम्पियनसिपमा शुरुवातबाटै सहभागिता जनाएको भुटानले कुनै पनि विपक्षीविरुद्ध जित निकाल्न सकेको थिएन । सय पटक भुटान आफ्नो इतिहास क्रमभंग गर्न सफल भयो ।

भुटानले श्रीलंकामाथि ५-० को फराकिलो जित निकाल्दा पहिलो हाफमा १ मात्र गोल गरेको थियो । दोस्रो हाफमा उसले आक्रामक प्रदर्शन गर्दै थप ४ गोल संभव बनायो ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलंकाविरुद्ध भने रवाफिलो जित निकाल्यो ।

भुटानका लागि डेखी लाजोमले २ गोल गरिन् । न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरङ याङदेनले १-१ गोल गरे ।

समूह बी मा रहेको श्रीलंकाले भने आफ्नो पहिलो खेलमा नै पराजय भोग्यो ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्रको सहभागिता छ ।