close

नेपालको पोस्टमा बहराइनको ६ गोल

नेपालको पोस्टमा बहराइनको ६ गोल

Trulli
ADVERTISEMENT

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको हो । 

खेलको २०औं मिनेटमा सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुवाती अग्रता दिलाए । 

४२औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई पहिलो हाफमा ३–० ले अद्दि बढाए । ८३औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४–० ले अघि बढ्यो ।

८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५–० को अग्रता दिलाए । ९०औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को सानदार जित दिलाए ।