close

साफ महिला फुटबल : नेपाल भर्सेस बंगलादेश, कसले रच्ला इतिहास ?

साफ महिला फुटबल : नेपाल भर्सेस बंगलादेश, कसले रच्ला इतिहास ?

Trulli
तस्बिर : एन्फा
ADVERTISEMENT

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन् ।

साफ महिला फुटबलको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो ।

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । आज नेपाल र बंगलादेश जसले जिते पनि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।

हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । साफ  महिलामा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।

इतिहासले नेपाल बलियो देखिए पनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा छ ।  प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ ।