close

चितवन गोल्डकपको उपाधि आर्मीलाई

चितवन गोल्डकपको उपाधि आर्मीलाई

Trulli
ADVERTISEMENT

भरतपुर । चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

नारायणगढको क्याम्पा चौरमा सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जीतका लागि सुदील राईले दुवै गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद रु १० हजार प्राप्त गरे । 

विजेता आर्मीले नगद रु सात लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको एपिएफले तीन लाख ५० हजार प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए । 

यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०–२० हजार प्राप्त गरे । भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ‘ए’ डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।