close

मध्यपुर थिमिले वडा लिग फुटबल आयोजना गर्ने

मध्यपुर थिमिले वडा लिग फुटबल आयोजना गर्ने

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले वडा लिग फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियनको संयोजनमा मध्यपुर थिमि वडा लिग फुटवल प्रतियोगिता हुने भएको हो ।

नगर भित्रका ९ वडाका टिम सहभागी हुने उक्त खेलमा नगरभित्रका स्थानीयलाई मात्र खेल्न दिइने आयोजकले जनाएको छ । असोज ८ गतेदेखि हुने उक्त लिग प्रतियोगिता कार्तिक ७ गते समापन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख ५० हजार, द्धितीयले एक लाख २५ हजार र तृतीयले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।