close

इटाली नेसन्स लिगको फाइनल चरणमा

इटाली नेसन्स लिगको फाइनल चरणमा

Trulli
ADVERTISEMENT

 इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले हराउँदै इटाली  फाइनल चरणमा पुगेको हो ।

इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे । २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।

समूह–३ मा इटाली ६ खेलबाट ११ अंकसहित विजेता बन्यो । ६ खेलबाट ३ अंकमा सिमित भएर समूहको अन्तिममा रहेको इङल्यान्ड नेसन्स लिग–बीमा घटुवा भएको छ । यो समूहमा जर्मनी ६ खेलबाट ७ अंकसहित तेस्रो भयो भने हंगेरीले ६ खेलबाट १० अंक जोड्यो ।

अन्तिम खेलमा बराबरीको नतिजा आवश्यक रहेपनि हंगेरी त्यसमा सफल हुन सकेन । नेसन्स लिग–ए मा चारवटा समूहका विजेताहरु फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार राती भएको अर्को खेलमा इङल्यान्ड र जर्मनीबीच ३–३ गोलको बराबरी भयो । खेलमा २–० गोलले पछाडि परेर पनि इङल्यान्ड बराबरीमा फर्किएको थियो । इङल्यान्ड पछिल्लो समय खराब लयमा छ ।

उसले ६ खेलयता जित हात पार्न सकेको छैन । यता जर्मनीको प्रदर्शन पनि कमजोर छ । उसले पछिल्ला ७ खेलमा पाँच बराबरी, एक जित र एक हारको नतिजा निकालेको छ ।