close

सिदिङ्वा गाउँपालिकालाई मेयरकपको उपाधि

सिदिङ्वा गाउँपालिकालाई मेयरकपको उपाधि

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । 

सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१, २५–१७, २१–२५ र २५–२१ को स्कोरमा पराजित गर्‍यो । यसअघि सेमिफाइनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । 

जितसँगै सिदिङ्वाले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ । उपविजेता पाथीभरा याङ्वरक गाउँपालिका रु एक लाख ४० हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ । 

सेमिफाइनलमा पुग्ने दुई टीम क्रमशः फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवं फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।