close

दक्षिण अफ्रिकाविरुद्ध भारतको सानदार जीत

दक्षिण अफ्रिकाविरुद्ध भारतको सानदार जीत

Trulli
ADVERTISEMENT

काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पारजित गरेको छ । 

बुधबार राति १०७ रनको लक्ष्य पछ्याएको भारतले भारतले १६ ओभर ४ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

यससँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । भारतको जितमा केए राहुलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले पनि अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन जोडेको थियो ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए । एडिन मार्क्रमले २५ तथा वायने प्रनिलले २४ रन बनाए । भारतका अर्शदिप सिंहले ३ तथा दिपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए ।