close

टी-२० क्रिकेटमा पाकिस्तान विजयी

टी-२० क्रिकेटमा पाकिस्तान विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । इङ्ग्ल्यान्ड र पाकिस्तानबीच जारी टी–२० सिरिजको पाँचौँ खेलमा पाकिस्तान विजयी भएको छ । 

गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।

पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । 

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौं खेल भोलि शुक्रबार र अन्तिम टी–२० खेल आइतबार हुनेछ ।