close

जर्मन बुन्डेसलिगामा बायर्नको सानदार जित

जर्मन बुन्डेसलिगामा बायर्नको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । जर्मन बुन्डेसलिगामा  बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ । बायर्नले घरेलु मैदानमा बायर लिभरकुसनमाथि ४–० को फराकिलो जित निकालेको हो । 

बायर्नले खेलको तेस्रो मिनेटमा नै सानेको गोलबाट बायर्नले अग्रता लिन सफल भयो । उनले जमल मुसिएलाको पासलाई सदुपयोग गरे । १७औं मिनेटमा मुसिएलाले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा मुसिएलाको पासमा साडियो मानेले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

त्यसपछि ८४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको सानदार जित पक्का गरे । यस जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।