close

फुटबल ग्राउण्डमा प्रहरीले अश्रुग्यास हान्दा १७४ जनाको मृत्यु

फुटबल ग्राउण्डमा प्रहरीले अश्रुग्यास हान्दा १७४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । हुलदङ्गा मच्चाउने फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस प्रहार गर्दा इन्डोनेसियाको एक  फुटबल खेल मैदानमा भएको भागदौडमा परी १७४ भन्दा बढीको ज्यान गएको छ । 

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्।

प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो।

जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए।

ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए। बिबिसी