close

भारतविरुद्ध दक्षिण अफ्रिका विजयी

भारतविरुद्ध दक्षिण अफ्रिका विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । घरेलु टोली भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १७८ रन बनायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । अन्तिम खेलमा पराजित भए पनि भारतले ३ खेलको सिरिज २-१ ले जितेको छ ।