close

एपिएफले हरायो गण्डकी प्रदेशलाई

एपिएफले हरायो गण्डकी प्रदेशलाई

Trulli
ADVERTISEMENT

काठमाडौ । नवौँ राष्ट्रिय खेलकुदका क्रममा एपिएफ क्लबले गण्डकी प्रदेशलाई हराएको छ । 

बिहीबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा एपिएमले प्रदेशलाई २७ रनले पराजित गरेको हो । 

गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो ।

गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सृष्टि जैसीको ५ रन गण्डकीको ठूलो स्कोर थियो ।

एपीएफकी प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिएकी थिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले समान एक विकेट लिए । चार खेलाडी रनआउट भएका थिए ।