close

जोटा र कान्टेले विश्वकप गुमाउने

जोटा र कान्टेले विश्वकप गुमाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्वकप दाबेदार पोर्चुगल र फ्रान्सका १/१ स्टार खेलाडीले चोटका कारण विश्वकप गुमाउने भएका छन् । 

पोर्चुगलका २५ वर्षीय फरवार्ड डिएगो जोटाले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण जोटाले विश्वकप गुमाउने भएका हुन् ।

त्यस्तै, फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । ह्यामस्ट्रिङमा चोटका कारण कान्टेले कतार विश्वकप गुमाउने भएका हुन् ।

कतार विश्वकप आगामी नोभम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।