close

नवौं राष्ट्रिय खेलकुद :  नेपाल प्रहरीले कति पदक प्राप्त गर्‍यो ?

नवौं राष्ट्रिय खेलकुद :  नेपाल प्रहरीले कति पदक प्राप्त गर्‍यो ?

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतका विभिन्न खेलमा नेपाल प्रहरीले ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको छ ।

शुक्रबारबाट  औपचारिक रुपमा सुरु भएकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिसले उल्लेखित स्वर्णपदक प्राप्त गरेको हो । 

नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य जितेको छ । 

यसैगरी पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट कराँतेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य जितेको छ । 
यसैगरी एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य जितेको हो । 

यस्तै, नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य,  पुरुषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।