close

शीर्षस्थानमा रियल म्याड्रिडको फराकिलो अग्रता

शीर्षस्थानमा रियल म्याड्रिडको फराकिलो अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ ।

रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्को एसेन्सियाले गोल गरे ।

इल्चेमा बुधबार राति भएको खेलको ११औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ७५औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि परिवर्तित खेलाडी मार्को एसेन्सियोले ८९औं मिनेटमा गोल गर्दै रियललाई सानदार जित दिलाए ।

यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलको १० खेलबाट २८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ ।