close

फरक-फरक विधामा दाजुभाइलाई स्वर्ण

फरक-फरक विधामा दाजुभाइलाई स्वर्ण

Trulli
ADVERTISEMENT

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । 

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो । 

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते । उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे । 

त्यसैगरी दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जिते । एपिएफका खेलाडी उनले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्ड समय खर्चदै पूरा गरे । नवौँ खेलमा उनको यो तेस्रो स्वर्णपदक हो । यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए । 
 
सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । 
शिवराज गोपीचन्द्रका भाइ हुन् । दाजुभाइ दुवैका लागि आजको दिन विशेष रह्यो ।