close

लेवान्डोस्की चम्किँदा  बार्सिलोनाको सहज जित

लेवान्डोस्की चम्किँदा  बार्सिलोनाको सहज जित

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। गयराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोवर्ट लेवान्डोस्कीले २ गोल गर्दा अन्सु फातिले १ गोल थपेका थिए।

खेलको ३१औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ३८औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए। 

जितसँगै बार्सिलोनाले १० खेलमा २५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । अन्य खेलमा ओसासुनाले स्पान्योलमाथि १–० को जित दर्ता गर्दा एलमेरियाले जिरोनामाथि ३–२ गोलको कठिन जित दर्ता गरेको छ।