close

२ पटकका विजेता वेस्ट इण्डिज विश्वकपबाट बाहिरियो

२ पटकका विजेता वेस्ट इण्डिज विश्वकपबाट बाहिरियो

Trulli
ADVERTISEMENT

काठमाडौं । आइसिसी टि-२० विश्वकप २०२२ को पहिलो चरण(सुपर-१६)बाटै वेस्ट इण्डिज बाहिरिएको छ । 

सन् २०१२ र २०१६ गरी पटकको च्याम्पियन वेस्ट इन्डिज आयरल्यान्डसँग ९ विकेटले पारजित हुँदै सुपर १२ मा पुग्नबाट बञ्चित भएको हो । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १४६ रन बनाएको थियो । तर आयरल्यान्डले उक्त मध्यम लक्ष्य १८ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो । योसँगै आयरल्यान्डले सुपर १२ मा स्थामन बनाएको छ । 

समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन् । श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् ।