close

टी-२० विश्वकप : सुपर १२ का खेल आज सुरु, आज २ खेल

टी-२० विश्वकप : सुपर १२ का खेल आज सुरु, आज २ खेल

Trulli
ADVERTISEMENT

काठमाडौं । समूह ए र समूह बीबाट चार टोलीले सुपर १२ मा स्थान बनाएसँगै आजदेखि सुपर १२ का खेल सुरु हुँदैछ ।

आज दुई खेल हुँदैछ । पहिलो खेलमा अस्ट्रेलिया र न्यू जिल्याण्ड आमन्नेसामान्ने हुनेछन् । खेल नेपाली समयानुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

त्यस्तै दोस्रो खेल बेलुका ४ बजेर ४५ मिनेटमा इंल्याण्ड र अफगानिस्तान भिड्दैछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को आयरल्यान्ड रहने छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता जिम्बावे र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् । सुपर १२ को खेल शनिबारदेखि सुरु हुनेछ ।