close

आज भारत र पाकिस्तानबीच भिडन्त

आज भारत र पाकिस्तानबीच भिडन्त

Trulli
ADVERTISEMENT

काठमाडौं । टि-२० विश्वकपमा आज दिउँसो चिरपरिचित प्रतिद्वन्द्वीहरू भारत र पाकिस्तान भिड्दैछन् । अस्ट्रेलियामा  हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरू हुनेछ।

तर, भारत–पाकिस्तान खेललाई खेल मात्र नभई राष्ट्रवादको खेलका रूपमा हेर्ने धेरै छन् । दुवै टोली खेल जितबाट सुरुवात गर्न चाहन्छन् । 

विश्वकपको सुपर १२ खेल हिजोदेखि सुरु भएको हो । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को आयरल्यान्ड रहने छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता जिम्बावे र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् । सुपर १२ को खेल शनिबारदेखि सुरु हुनेछ ।