close

प्रिमियर लिगमा न्युक्यासल युनाईटेड विजयी

प्रिमियर लिगमा न्युक्यासल युनाईटेड विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेड विजयी भएको छ । 

आईतबार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो । यस सिजन उत्कृष्ट सुरुवात गरेको न्युक्यासलले पछिल्लो जित सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

खेलमा अग्रता न्युक्यासलले ३१ औं मिनेटमा क्यालम विल्सनको गोलबाट लिएको थियो । मिगुएल अल्मिरोन दोस्रो गोल गर्दै न्युक्यासललाई पहिलो हाफमै २–० ले अघि बढाएका थिए । 

दोस्रो हाफको ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहम २–१ को स्थितीमा ल्याएका थिए । तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–१ को अवस्थामा समाप्त भएको हो ।