close

मैदानमा रोनाल्डो फर्किएको खेलमा म्यानचेस्टर विजयी

मैदानमा रोनाल्डो फर्किएको खेलमा म्यानचेस्टर विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । युइएफए युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । उसले समूह ‘इ’ अन्तर्गतको खेलमा मोल्दोभाको एफसी सेरिफविरुद्ध ३–० को सहज जित हात पारेको हो । 

समूह चरणअन्तर्गत घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ४४औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यो जितसँगै युनाइटेडले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अर्को खेलमा रियल सोसिडाड, लाजियो, युनियन सेन्ट गिलोइसे, एसके स्ट्राम गार्ज र युनियन बर्लिनले पनि जित हात पारेका छन् ।