काठमाडौं । टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।
सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।
आजको खेल जित्नै पर्ने दबावमा दुवै टोली छन् । पाकिस्तानको हकमा सेमिफाइनलमा पुग्नको लागि जितेर मात्र हुँदैन । भाग्यले पनि साथ दिनुपर्छ । पाकिस्तान सेमिफाइनलमा पुग्न अब सबै खेलल जित्नुपर्छ भने दक्षिण अफ्रिका नेदरल्याण्डसँग पराजित हुनुपर्छ ।
खेलको तालिका अनुसार भारत शीर्षस्थानमा छ भने दक्षिण अफ्रिका तथा पाकिस्तान पाँचौं स्थानमा छ ।