close

रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेन्टिकलाई ५-१  अन्तरले हराउँदै रियल म्याड्रिडले समूह एफको शीर्षस्थान पक्का गरेको छ ।

बुधबार रातिको जितसँगै रियल १३ अंकसहित शीर्षस्थानमा रहेको हो । १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको सख्तर  डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो ।

सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् । घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक-एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् ।