close

पीएम कप क्रिकेट : आज दुई खेल हुँदै

पीएम कप क्रिकेट : आज दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज शुक्रबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९:३० बजे सुरु हुँदैछ । 

मुलपानी खेल मैदानमा सोही समयमा हुने खेलमा गण्डकफ प्रदेश र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।