close

टी–२० विश्व कपमा आज दुई खेल

टी–२० विश्व कपमा आज दुई खेल

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा आज २ खेल हुँदैछन् । 

आज हुने पहिलो खेलमा बिहान ९:४५ बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो १:४५ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । 

सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । 

श्रीलङ्का ४ खेलमा ४ अङ्ककासहित चौथो, आयरल्यान्ड ४ खेलमा ३ अङ्कसहित पाँचौं र अफगानिस्तान ४ खेलमा २ अङ्कसहित पुछारमा छ ।