close

गण्डकी र एपिएफबीचको खेल रोमाञ्चक बराबरी

गण्डकी र एपिएफबीचको खेल रोमाञ्चक बराबरी

Trulli
ADVERTISEMENT

काठमाडौं । पिएम कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । 

एपिएफले लज्जास्पद ब्याटिङ गर्दै ११६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको गण्डकीको पनि एकपछि अर्को विकेट झरेपछि ३१ ओभरमा ११५ रनमात्र बनाएको हो ।

एपिएफका लागि भुवन कार्कीले नटआउट २४ रन जोड्दा लोकेश बम र सन्दीप जोराले २२-२२ रन बटुले। पुरन विकले २३ रनको योगदान दिएका थिए।

बलिङमा गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले ३-३ विकेट हात पारे। सुवास भण्डारीले २ विकेट लिन सफल भए। 

यता गण्डकी पनि ३१ ओभरमा ११५ रनमै अलआउट भयो । जितका लागि १ रनमा चाहिएको अवस्थामा गण्डकीका दशौं नम्बरका ब्याट्सम्यान कमल परियार एपिएफका मौसम ढकालबाट बोल्ड भएका थिए।

गण्डकीका लागि अर्जुन कुमालले १८ रन जोड्दा अभिषेक बस्नेतले २४ रन बटुले। बलिङमा एपिएफका किशोर महतो र मौसम ढकालले ४-४ विकेट लिए। 

समान खेलबाट समान अंक भए पनि रनरेटका आधारमा एपिएफ शीर्षस्थानमा छ भने गण्डकी दोस्रो स्थानमा छ ।