close

टी–२० विश्व कपमा आज ३ खेल : दक्षिण अफ्रिकालाई १५९ रनको लक्ष्य

टी–२० विश्व कपमा आज ३ खेल : दक्षिण अफ्रिकालाई १५९ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा आज ३ खेल हुँदैछन् । 

आज हुने पहिलो खेलमा बिहान पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ ।
आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ ।

त्यस्तै दोस्रो खेलमा पाकिस्तानले बंगलादेशको सामना गर्दैछ । आजको खेलमा पाकिस्तानलाई जितले मात्र पुग्दैन । भारत र श्रीलंकामध्ये १ को हारले मात्र सेमिफाइनल पुग्ने सम्भावना छ । र आजको अन्तिम खेलमा भारतले जिम्बाब्वे र भारतबीच हुँदैछ ।  

दक्षिण अफ्रिका र नेदरल्यान्ड्सको खेलको ताजा अवस्थाअनुसार नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १५९ रनको लक्ष्य दिएको छ ।