close

बायर्न बुन्डेसलिगाको शीर्षस्थानमा

बायर्न बुन्डेसलिगाको शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । शनिबार राति भएको खेलमा जित हासिल गरेसँगै बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

हेर्था बर्लिनलाई ३-२ गोल अन्तरले पराजित गर्ने क्रममा खेलको १२औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३७औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै २-० को अग्रता दिलाए । ३८औं मिनेटमा एरिकले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

तर, ४० औं मिनेटमा डोडी लुकबाकियोले गोल गर्दै हेर्थालाई ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४५ औं मिनेटमा हेर्थाका डाभी सेल्केले पेनाल्टीमार्फत गोल गरे पनि जितका लागि पर्याप्त भएन ।