close

विश्वकपमा दक्षिण अफ्रिका पराजित हुँदा पाकिस्तानलाई फाइदा

विश्वकपमा दक्षिण अफ्रिका पराजित हुँदा पाकिस्तानलाई फाइदा

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका पराजित भएको छ । 

समूह चरणको अन्तिम खेलमा १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४५ रनमात्र बनाउन सक्यो । 

यससँगै पाकिस्तानलाई फाइदा भएको छ । केहीबेरमा हुने प्रतियाोगितामा बंगलादेशलाई हराउन सके पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ भने दक्षिण अफ्रिकाको सेमीफाइनल पुग्ने समिकरण कठिन बनेको छ ।