close

पाकिस्तान छैटौं पटक विश्वकपको सेमिफाइनलमा

पाकिस्तान छैटौं पटक विश्वकपको सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पाकिस्तानले प्रवेश गरेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलको यात्रा तय गरेको हो ।बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए । शादब खानको नाममा २ विकेट रह्यो । पाकिस्तान छैटौं पटक विश्वकपमा पुगेको हो । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।