close

पीएम कपमा आज दुई खेल हुँदै

पीएम कपमा आज दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीच  प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

मधेश आफ्नो तेस्रो खेलमा अपराजित यात्रा कायमै राखी सेमिफाइनल प्रवेश गर्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको बागमती भने समूह चरणको आफ्नो अन्तिम खेलमा सान्त्वना जितका साथ प्रतियोगिता समाप्त गर्न चाहन्छ । 

मुलपानी मैदानमा सोमबार हुने खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ।

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली आजको खेलबाट पहिलो अंक जोड्न चाहन्छन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। य