close

लेवान्डोस्कीले रातो कार्ड पाएको खेलमा बार्सिलोना विजयी

लेवान्डोस्कीले रातो कार्ड पाएको खेलमा बार्सिलोना विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगामा पुनरागमन जित निकाल्दै बार्सिलोनाले पाँच अंकको अग्रता बनाएको छ । 

मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो ।

बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए । 

खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।   

जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंक सहित  छैटौं स्थानमा छ ।