close

विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै

विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बुधबार पहिलो सेमिफाइनल खेल  हुँदैछ ।

पहिलो सेमिफाइनलमा साविक उपविजेता टोली न्युजिल्याण्ड र दोस्रो संस्करणको विश्वकपको च्याम्पियन टोली पाकिस्तान भिड्दै छन् । 

सुपर १२ मा लगातार दुई खेल हारेर पाकिस्तान समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता न्युजिल्यान्ड भने एक खेलमा पराजित हुँदै सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा पाकिस्तानका कप्तान बाबर आजम र मोहमद रिजवान उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाउन योजनामा छन् । दुवै खेलाडी प्रतियोगितामा राम्रो प्रर्दन गर्न सकिरहेका छैनन् ।

यता न्युजिल्यान्ड पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । केन विलियमसन उत्कृष्ट प्रदर्शन गर्दै आइरकेका छन् । 

यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा पाकिस्तान हाबि भएको छ । पाकिस्तान चार खेलमा विजयी हुदाँ एक खेल न्युजिल्याण्ड विजयी भएको छ ।

विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी आइतबार हुनेछ।