close

पाकिस्तान विश्वकपको फाइनलमा

पाकिस्तान विश्वकपको फाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तानले आइसिसी टि-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

जितको लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै रन बनायो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनमा आउट भए । बाबर आजम ४२ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

पहिलो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले १२.४ ओभरमा १०५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । 

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो । 

पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।