close

फाइनलका लागि भारत र इंग्ल्याण्ड भिड्दै : हेड टु हेडमा भारत अगाडि

फाइनलका लागि भारत र इंग्ल्याण्ड भिड्दै : हेड टु हेडमा भारत अगाडि

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियमा जारी आठौं संस्करणको विश्वकप प्रतियोगितामा आज भारत र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । 

विश्वपकमा दुवै टोली तेस्रो पटक फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतले पहिलो विश्वकप जितेका थिए भने पाँचौं विश्वकपमा श्रीलंकाले फाइनलमा पराजित भएका थिए । 

त्यस्तै इंग्ल्याण्डले तेस्रो विश्वकप जित्दा छैटौं विश्वपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएका थिए । दुवै टोली जितससहित पाकिस्तानसँगको भेट पक्का गर्न चाहन्छन् । 

हालसम्म भारत र इंग्ल्याण्डबीच २२ खेल भएका छन् । हेड टु हेडमा भारतले १२ र इंग्ल्याण्डले १० खेल जितेका छन् । यसरी हेर्दा भारत अगाडि छन् । पछिल्लो ५ खेलमा पनि ४ जितसहित भारतको हाबी छ ।