close

भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

Trulli
ADVERTISEMENT

एडिलेड । टी २० विश्वकप अन्तर्गत बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको छ। अस्ट्रेलियाको एडिलेड रंगशालामा सम्पन्न खेलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्डले एलेक्स सेल्सको अविजित ८६ र कप्तान जोस बट्लरको ८० रनको सहायतामा १६ ओभरमा लक्ष्य पुरा गर्‍यो। हेल्सले ७ छक्का र ४ चौका प्रहार गर्दै ४७ बलमा ८६ रन बनाएका थिए भने बट्लरले ३ छक्का र ९ चौकाको सहायतामा ४९ बलमा ८० रन बनाएका थिए।

त्यसअघि भारतका लागि विस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले ३३ बलमा ५ छक्का र ४ चौकाको सहायतामा ६३ रन बनाउँदा विराट कोहलीलले ५० रन बनाएका थिए। त्यस्तै कप्तान रोहित शर्माले २७ तथा सूर्यकुमार यादवले १४ रन बनाए।

बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस वोएक्सले समान १ विकेट लिएका थिए।

जितसँगै इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको छ। फाइनलमा इंग्ल्यान्ड र पाकिस्तान उपाधिका लागि आमनेसामने हुनेछन्।