close

आजको टी२० फाइनलमा वर्षा बाधक बन्न सक्ने

आजको टी२० फाइनलमा वर्षा बाधक बन्न सक्ने

Trulli
ADVERTISEMENT

मेलबर्न । पाकिस्तान र इंग्ल्यान्डबीच आइतबार टी२० विश्वकप क्रिकेटको खेल फाइनल आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुँदैछ। सो भिडन्त नेपाली समयअनुसार दिउँसो १:४५ मा हुनेछ। सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्ड तथा इंग्ल्यान्डले भारतलाई पराजित गर्दे उपाधि भेट पक्का गरेका हुन्।

पाकिस्तानले पहिलो पटक २००९ मा टी२० विश्वकपको उपाधि जितेको थियो। त्यसैले पाकिस्तान १३ वर्षपछि फेरि च्याम्पियन बन्ने योजनामा छ। २०१० विजेता इंग्ल्यान्ड अहिले उपाधिको दाबेदारका रूपमा रहेको छ। दुईमध्ये जुन टिमले जिते पनि अहिलेसम्म टी-२० विश्वकप दुई पटक जितेको वेस्ट इन्डिजसँग कीर्तिमान बराबरी गर्नेछन्।

टी-२० विश्वकपमा पाकिस्तान र इंग्ल्यान्डबीच अहिलेसम्म दुई पटक मात्र प्रतिस्पर्धा भएको छ। दुवै खेलमा पाकिस्तानले हार व्यहोरेको थियो। तर, समग्रमा यी दुई टिमबीच २० पटक अन्तर्राष्ट्रिय टी२० प्रतिस्पर्धा भएको छ। जसमा पाकिस्तानले बढ खेल जितेको छ। मेलबर्न मैदानमा भने इंग्ल्यान्डले ४ खेल र पाकिस्तानले २ खेलमा जित हासिल गरेका छन्।

अस्ट्रेलियाको मौसम विज्ञान विभागका अनुसार यो खेलमा वर्षाको सम्भावना रहने छ। मेलबर्नमा आइतबार शतप्रतिशत वर्षाको सम्भावना रहेको छ। त्यस्तै, हावाको गति ३५ किलोमिटर प्रतिघण्टाका दरले रहने छ।

खेलको निर्णय आउन कम्तीमा पनि दुवै टिमले १०-१० ओभरको खेल्नै पर्नेछ। वर्षाका कारण खेल नभए सोमबारका फाइनल हुनेछ।