close

सुनवलमा कभर्डहलको निर्माण सुरु

सुनवलमा कभर्डहलको निर्माण सुरु

Trulli
ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)। सुनवलमा कभर्डहलको निर्माण सुरु गरिएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुरमा सो कभर्डहलको निर्माण सुरु गरिएको हो । कभर्डहल निर्माणका लागि नगरपालिकाले तत्कालका लागि रु ६० लाख उपलब्ध गराएको कभर्डहल निमार्ण उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भट्टराईले जानकारी दिए । 

वडादेखि नगरको समग्र विकासका लागि सम्पूर्ण खेलाडीलाई एकै ठाउँमा समावेश गरिने गरी तेक्वान्दो, भलिबल र टिटीलगायतका खेल खेल्न मिल्ने कभर्डहलको निर्माण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

कभर्ड हल एउटा वडाको मात्र जिम्मेवारी नभई नगरभित्रकै आयोजना भएकाले बजेट अभाव हुन नदिनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने नगर उपप्रमुख सूर्य दुवेले बताए।