close

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९  सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरेका हुन् । 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए  । उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नको लागि उपमहानगरपालिका तयार रहने बताए । 

उनले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रुपमा स्थापित भइसकेको बताउँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्न खेलक्षेत्रका सबैको साथ जरुरी रहेको बताए
। 

प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए  । उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।