close

भक्तपुरमा अन्तरनगर पुरुष खोखो प्रतियोगिता सुरु

भक्तपुरमा अन्तरनगर पुरुष खोखो प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकामा अन्तरनगर पुरुष खोखो प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा सहिद स्मृती खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

 २०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको सम्झनामा प्रतियोगिताको आयोजना गरेको नगरपालिकाले जनाएको छ ।  प्रतियोगिता फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने छ । 

 नगरपालिकाका नगररप्रमुख सुनील प्रजापतिले खेलाडीहरु खेलमा मात्रै सीमित नरही देशको समसामयिक राजनीतिबारे ध्यान दिने, देशको सार्वभौमिकता रक्षाको लागि बोल्ने र आवश्यक परे लड्न पनि तयार हुन अनुरोध गरे । प्रतियोगितामा मुलुकभरका १४ वटा नगरपालिकाको सहभागीता रहने उनले बताएका छन् ।