close

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

खोटाङ। साकेला गाउँपालिकामा पालिकास्तरीय पाचौँ अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिहत्तरौैँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता वडा नं ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा सुरु भएको हो । 

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिता  शुभारम्भ गर्दै  आफ्नो क्षेत्रभित्र विकासका आयोजनालाई समयभित्रै सक्न र गुणस्तरीय बनाउन पटक–पटक खबरदारी गरिरहेको बताए। ‘खेलकुद क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाउन गाउँपालिकाले यस  प्रतियोगितालगायत विभिन्न कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘छनोट भएका खेलाडीलाई जिल्लास्तरमा हुने खेलमा सहभागी हुन पठाइने छ ।’

प्रतियोगितामा विभिन्न छवटा विधाका ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिबल, हाईजम्प,  लङजम्प, सटफुट, रिले दौड १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरलगायत  प्रतियोगितामा  छात्रछात्रा छात्र तथा छात्राको सहभागिता भएको   जनाइएको थियो । 

प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने भएको छ । प्रतियोगिता सञ्चालन गर्न सङ्घीय खेलकुद मन्त्रालयले रु एक लाख उपलब्ध गराएकामा नपुग रकम  गाउँपालिकाले उपलब्ध गराएको थियोे । गाउँपालिकाले प्रतियोगितास्थल आउन–जान तथा अन्य व्यवस्थापन खर्चका लागि दूरीका हिसावले प्रत्येक विद्यालयलाई रु ३० हजारसम्म  उपलब्ध गराएको थियो  ।