close

सिद्धकुमाखमा  पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न

सिद्धकुमाखमा  पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न

Trulli
ADVERTISEMENT

 सल्यान । सिद्धकुमाख गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित पालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार भलिवल, कवड्डी र एथलेटिक्स विधाका ३० वटा खेलमा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुल् सहभागिता जनाएको पालिकाका अध्यक्ष भरत गिरीले जानकारी दिए । 

उनका अनुसार ३० वटा खेल मध्ये १३ स्वर्ण, ३ रजत र ९ कास्य सहित निराजन माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र ३ कास्य सहित फिल्ड प्रयोजन गर्ने नेरा मावि द्धितिय र ३ स्वर्ण, ५ रजत र ४ कास्य सहित शान्ति सुन्दर मावि तृतीय भएको उनले जानकारी दिए  । २ 

स्वर्ण, ७ रजत र सात कास्य सहित सिद्ध मावि चौथौ स्थानमा रहेको छ भने १ स्वर्ण, ४ रजत र ४ कास्य सहित महेन्द्र आदर्श मावि पाँचौ स्थानमा उक्लिएको छ ।