close

‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै

‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै

Trulli
ADVERTISEMENT

इलाम। आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । 

‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो । नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिता आयेजना गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए। उनले स्वास्थ्य जीवनयापनका लागि खेलकुद आवश्यक रहेको भन्दै यस्ता प्रतियोगिता स्वास्थ्यका लागि उपयोगी हुने बताए।

प्रतियोगितामा पुरुषतर्फ दौड ४२ दशमलव २ किलोमिटर रहनेछ । यसका लागि इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याँटे–धारापानी–माईपोखरी–सात हुँदै खाल्डे मैदानसम्मको रुट तय गरिएको छ । महिलातर्फ हाफ म्याराथनअन्तर्गत २१ दशमलव १ किलोमिटरदौड हुने आयोजकले जनाएको छ । दौड रुट इलाम बजार–बिब्लियाटे–धारापानी– माईपोखरी हुँदै सात खाल्डेसम्म तय गरिएको छ ।

म्याराथनमा नेपालका विभिन्न क्षेत्रका खेलाडिसहित भारतीय धावकसमेत सहभागी हुने अपेक्षा लिइएको छ । पुरुषतर्फ पहिलो हुनेलाई रू दुई लाख ५० हजार र महिलातर्फ पहिलो हुनेलाई रू एक लाख पुरस्कार प्रदान गरिनेछ । दुवै समूहतर्फ १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।