close

छथरमा म्याराथन दौड र धान नाच प्रतियोगिता

छथरमा म्याराथन दौड र धान नाच प्रतियोगिता

Trulli
ADVERTISEMENT

धनकुटा । छथर जोरपाटी गाउँपालिकाको सिंधुवामा  खुल्ला महिला/पुरुष म्याराथन दौड र लिम्बू जातिको धान नाच तथा पालाम गीत प्रतियोगिता हुने भएको छ । चण्डी पूर्णिमाको अवसरमा साे प्रतियोगिता हुन लागेकाे हाे । 

सो ठाउँमा हरेक वर्ष लाग्ने चण्डीपूर्णिमाको दिन मेला लाग्ने गरेकोमा देशमा भएको द्धन्द्धकालसँगै लाग्न छाडेको थियो। करिब दुई दशक पछि स्थानियहरुले पुनः मेला लगाएर दौड तथा धान नाच प्रतियोगिता गर्ने मेला आयोजक समितिले जनाएको छ ।

मेलासँगै प्रतियोगिता आगामी २२ गते हुने भएको छ । जसमा पुरुषका लागि १० किलोमिटर र महिलाका लागि ७ किलोमिटर म्यारथन दौड गराईने आयोजकले जनाएको छ। म्याराथममा पुरुष तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २ सय २५, २० हजार १ सय १५ र १५ हजार १ सय १५ रुपैया र महिला तर्फ क्रमशः १५ हजार १ सय १५, १० हजार १ सय १५ र ५ हजार १५ रुपैयाँ नगद पुरस्कार दिईने वडाअध्यक्ष तथा आयोजक समितिका संयोजक दिपक गुरुङ्गले जानकारी दिए।

त्यस्तै धान नाच तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार १ सय १५, १५ हजार १ सय १५ र १० हजार १ सय १५ रुपैयाँ नगद पुरस्कार पाउने छन्। 

पहिलेपहिले मेलामा तेह्रथुम, धनकुटा, संखुवासभा लगायतका स्थानबाट डाँडाकाँडा ढाक्नेगरी सयौँको संख्यामा धान नाच्न र पालाम गीत गाउन आउने गरेको ती दिनहरुको सम्झना गर्दै मेलालाई पुनर्जीवित गर्न लागिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए। पुरानो बजार तथा स्थानिय संस्कतिको संरक्षण गरेर सांस्कृतिक पर्यटन प्रवद्धर्नका गर्न मेलाको आयोजना गर्न लागिएको सुब्बाको भनाइ छ।