close

अन्तर वडा पुरुष फुटबल प्रतियोगिता गर्दै बराहपोखरी

अन्तर वडा पुरुष फुटबल प्रतियोगिता गर्दै बराहपोखरी

Trulli
ADVERTISEMENT

खोटाङ । बराहपोखरी गाउँपालिकाले अन्तर वडा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले बैशाख २१ गतेदेखि २३ गतेसम्म सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार स्वास्थयको लागि खेलकुद, राष्टको लागि खेलकुद भन्ने नारासहित फुटबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा सहभागि हुन चाहने टिमले बैशाख १९ गतेसम्म  आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

प्रतियोगितामा ९ जना र थप २ जना गरी ११ जना खेलाडी हुनु पर्ने छ । प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका वडा टिमले सहभागि जनाउन सक्ने छन् । 

प्रतियोगितामा प्रथम हुने टिमलाई ४००००, द्धितीयलाई ३००००, तृतीयलाई २०००० नगद तथा प्रमाणपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।