close

गोकर्णेश्वर उपमेयर कपको उपाधि चन्द्रागिरीलाई

गोकर्णेश्वर उपमेयर कपको उपाधि चन्द्रागिरीलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । शङ्खडोल कराँते एकेडेमीको आयोजनामा सञ्चालन भएकोे प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरी डोजोले जितेको छ । तीन स्वर्ण, दुई रजत र चार कास्य पदक प्राप्त गर्दै गोकर्णेश्वरले उपाधि जितेको हो ।

यस्तै प्रतियोगितामा दुई स्वर्ण जित्दै च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो ।  बौद्ध डोजो एक स्वर्ण र एक रजतका साथ तेस्रो भयो । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनीविरुद्ध कराँते’ अभियानअन्तर्गत सञ्चालित सो प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडीका रुपमा छनोट भइन् । आयोजक शङ्खडोल अनुशासित टोली घोषित भयो । 

विजेता खेलाडीलाई सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारञ्जितलगायतले पुरस्कार प्रदान गरे। गोकर्णेश्वर नगरपालिका–९ शङ्खडोलस्थित कभर्डहलमा भएको सो प्रतियोगितामा एक सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजक संस्थाले जनाएको छ ।