close

धनकुटामा रोड रेस प्रतियोगिता हुने

धनकुटामा रोड रेस प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

धनकुटा - पूर्वप्रहरी संस्था धनकुटाको आयोजनामा धनकुटामा ८ किलोमिटर खुला महिला तथा पुरुष रोड रेस प्रतियोगिता हुने भएको छ । विश्व मुटु दिवसको अवसरमा आगामी असोज १२ गते प्रतियोगिता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

मध्यपान धुम्रपान त्यागौ, स्वस्थ रहौँ मुटु बचाऔँ भन्ने मुल नारासहित प्रतियोगिताको आयोजना गरिन लागेको हो । धनकुटाको औद्योगिक क्षेत्रको सडक घुम्तीबाट सुरु हुने प्रतियोगिता गोठगाउँ, नगरपालिका ढाट, जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचय मोड हुँदै धनकुटा बजार परिक्रमा गरेर मदन चोकमा समापन हुने आयोजक समितिका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए । 

महिला तथा पुरुष तर्फ नै प्रतियोगितामा प्रथम हुनेले ७ हजार रुपैयाँ, दोस्रो हुनेले ५ हजार रुपैयाँ, तेस्रो हुनेले ३ हजार रुपैयाँ र सान्त्वना २ जनाले एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । २०७८ सालदेखि विश्व मुटु दिवसको आयोजनामा पूर्वप्रहरी संस्थाले सुरु गरेको प्रतियोगिता यो वर्ष तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।